नागा बाबाहरू पशुपति मन्दिर परिसरमा प्रवेश
काठमाडौं / शिवरात्रि नजिकिँदै जाँदा काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसरमा प्रवेश गरेका छन्।
विभिन्न स्थानबाट आएका नागा बाबाहरूको जन्तीसहित पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन्।
अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका थिए। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा उनीहरु सन्न्यासीअन्तर्गत पर्छन्। पशुपतिमा यी चारै सम्प्रदायका जोगीहरु आउने गर्छन्।
फोटो