एलिना चौहानले मागिन माफी: आगामी दिनमा यस्ता कमीकमजोरीप्रति सचेत रहने

elina-chauhan-singer-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौं /  साउण्ड सिष्टम व्यवसायीले दिएको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छिन्।

सामाजिक सन्जाल मार्फत उनले सांगितिक कार्यक्रमको शिलशिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो  स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी छिन् ।

Advertisement:elina-chauhan-singer-tatokhabar-tato-khabar

‘साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/ भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो हुन्। जो हामीलाई दर्शक श्रोताबीच पुर्याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनोगरी बुझेको छु। म उहाँहरूको सम्मान र स्वाभिमान प्रति सधैं सचेत छु। यति हुँदा हुँदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।’ उनले लेखेकी छिन्, ‘सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकाप्रति आत्मालोचना गर्दछु। मञ्चीय प्रस्तुतीका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरूमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु।’

गत फागुन २० गते कुस्मामा आयोजित एक महोत्सवमा साउन्ड सिस्टममा समस्या भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भन्दै अपमानित तुल्याएका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । एलिनाले आफ्नो प्रस्तुति नसकीकन कार्यक्रम छोडेर बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् :