चितवनका एक युवक हेटौंडामा सुतेकै ठाउँमा मृत फेला

तातोखबर, हेटौंडा / हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एक युवक मृत अवस्थामा फेला परेका छन् । भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ सोमबार बिहान आफू सुत्ने कोठामा मृत फेला परेका मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागी हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ। प्रहरीले मृतकको परिवारलाई घटनीको बारेमा खबर गरेको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस