कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

तातोखबर, काठमाडौं / कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसिरहेका तीन नेपालीको मृत्यु भएको छ।
मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा काम गर्ने तीन जना नेपालीको घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको पन्चदेवल विनायक-५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन-२ का सुजन कार्की र धनुषा वेंगादवार-३ का धिरज गुर्मछाने मगर रहेको नेपाली राजदूतावास कुवेतले जनाएको छ।
कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए। कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए।
गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई स्थानीयले चलाएको कारले ठक्कर दिएको थियो। प्रहरीले गाडी चालकलाई भने पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस