पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित
भ्लादिमिर पुटिन पुनः रूसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित भएका हुन्।
गणना अन्तिम चरणमा पुग्दा रुसी भ्लादिमिर पुटिन ८७.९७ प्रतिशत मत ल्याएर विजयी भएका छन् । उनले रुसमा आफ्नो नेतृत्वलाई निरन्तरता दिनेछन्।
रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा मतदान भइरहेको छ।
पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिएका छन्। कतिपय स्थानमा उनका समर्थकले विजयोत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ। जितसँगै पुटिन सन् २०३० सम्म सत्तामा रहने छन्।
रुसमा प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेको थियो। तर सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक