नोबेल कलेजमा कार्यरत नर्स चन्द्रिकाको हत्या गरि शिवशंकरले गरे आत्महत्या
तातोखबर, काठमाडौं / विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत २५ बर्षिया नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न शिवशंकर दास मृत भेटिएका छन्।
चन्द्रिकाको हत्या गरेर फरार उनी आत्महत्या गरेको अवस्थामा मृत भेटिएका हुन् । उनको शव नोबेल साइन होटलमा झुण्डिएको अवस्था गएराति ९ बजे फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले जानकारी दिएका छन् ।
शिवकंरले ‘चन्द्रिकाको हत्या गरेँ । अब म पनि आत्महत्या गर्छु’ भनेर दिदीलाई हिजो दिउँसो फोन गरेको आधारमा सबै होटलमा खोज्न सुरु गरिएको थियो।
शिवशंकरले प्रेममा धोका पाएपछि चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। नर्स चन्द्रिकाको विराटनगर-४ मा रहेको डेराको बाथरुममा शुक्रबार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव शव भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक