चैत मसान्तभित्र पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालयको निर्देशन

तातोखबर, काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म स्थानीय तहभित्र पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको छ।
‘आगामी शैक्षिक सत्र निकट भविष्यमा सुरु हुन लागेको सन्दर्भमा कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक वैशाख ०२ गतेबाट विद्यार्थीको हातमा पुग्नु पर्ने पक्षमा ध्यान दिई समयमा नै पाठ्यपुस्तक छपाई सम्पन्न गर्न र स्थानीय तहसम्म पाठ्यपुस्तक ढुवानीको कार्य तत्काल सुरु गर्नुपर्ने भएको छ,’शिक्षा सचिव सुरेश अधिकारीले दिएको निर्देशनमा भनिएको छ,‘ अतः पाठ्यपुस्तक ढुवानी गरी चैत्र मसान्तसम्म सबै स्थानीय तहहरूमा पुऱ्याउने सम्बन्धमा देहाय बमोजिम कार्यसम्पादन गर्न निर्देशित गरेको छु ।’
दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तत्काल पाठ्यपुस्तक ढुवानीको कार्य सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै पाठ्यपुस्तक छपाई, ढुवानी सहितको विस्तृत कार्य योजना तयार गरी पेस गर्न मन्त्रालयले केन्द्रलाई निर्देशन दिएको हो ।
कार्य योजना सम्पन्न नभएसम्म त्यसको प्रगति विवरण दैनिक (साँझ ७ बजे भित्र) रूपमा पेस गर्ने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ । ,‘पाठ्यपुस्तक ढुवानीमा कुनै पनि किसिमको समस्या उत्पन्न भएमा वा अवरोधको सम्भावना देखिएमा तुरुन्तै मन्त्रालयमा जानकारी गराउनु।’ निर्देशनमा भनिएको छ ।
पाठ्यपुस्तक छपाइको अवस्था बुझ्न मन्त्री सुमोना श्रेष्ठ केन्द्रमा पुग्दा विद्यालय तहका लागि २१ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी नै रहेको तथ्याँक देखाईएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस