विनोद चौधरीमाथि अनुसन्धान भइरहेको सभामुखलाई सीआईबीको पत्र
तातोखबर, काठमाडौं / संघीय संसदका सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा लिखित जानकारी गराएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको सूचना दिएको हो ।
सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले लेखेको पत्रमा भनिएको छ, ‘…बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक