ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

तातोखबर, काठमाडौं / दोलखामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका ५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका १९ वर्षीय पेम्बा तामाङलाई थप उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ। ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस