पहाडी क्षेत्रमा धुमधामसँग होली मनाइँदै
तातोखबर, काठमाडौं / आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा फागु पर्व मनाइँदैछ ।
वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक-आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक