आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब बरोडासँग खेल्दै
काठमाडौं / फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले आज भारतीय क्लब बरोडासँग खेल्दैछ।
खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा हुनेछ। भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।
नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा गुजरात पनि पहिलो हारको बदला लिन चाहन्छ।
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो।
नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ।
प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्नेछन्। त्यसपछि नेपाल त्यहाँबाट ओमान जानेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै