विश्वकप चेस प्रतियोगिताको उपाधि नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसन लाई
तातो खबर
२०८० भाद्र ८
काठमाडौँ । विश्वकप चेस प्रतियोगिताको उपाधि नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनले हात पारेका छन् । ३२ वर्षीय कार्लसनले फाइनलमा १८ वर्षीय भारतीय खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई हराउँदै उपाधिमाथि कब्जा जमाएका छन् । चेस विश्वकप अजरबैजानको बाकुमा सम्पन्न भएको छ । कार्लसन बुद्धिचालको पूर्वविश्वच्याम्पियन खेलाडी हुन् । [...]