नेपाल टेलिकमका प्राविधिक अधिकृतको हाजिर टेलिकममा, काम कन्स्ट्रक्सनमा
तातो खबर
२०८० चैत्र ४
तातोखबर, काठमाडौँ / नेपाल टेलिकमका प्राविधिक अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलालाई एक करोड ६१ लाख २० हजार चार सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ । टेलिकमका स्थायी कर्मचारी [...]