काठमाडौं / अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले दृष्टिविहीनका लागि सहयोगी सामग्री प्रदान गरेको छ। केन्द्रीय कार्यालय दरबारमार्गमा मंगलबार कार्यक्रम गरी बैंकले दृष्टिविहीनहरूलाई सेतो छडी लगायत सामग्री वितरण गरेको हो। संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, [...]