काठमाडौं / सरकारले थप ५७ हिमाल आरोहणका लागि खुल्ला गर्ने प्रक्रिया अघि बढाएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए। मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनले [...]