म्याग्दी / बेनी नगरपालिका-९ आङ्खखेत कालिमूलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ। शव गाडिएको ठाउँ नजिकै सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरीलाई खबर गरेका थिए। [...]