काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् । १२औं ओभर बलिङका लागि आएका सोमपालले चौथो बलमा भारतका तिलक वर्मालाई बोल्ड [...]