प्रभु बैंक र टिस्टुङ रिसोर्टबीच विभिन्न सेवामा विशेष छुट सम्झौता
तातो खबर
२०८१ श्रावण ९
काठमाडौं / प्रभु बैंकका कर्मचारी तथा ग्राहकले मकवानपुरको टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशमशेर राणा तथा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जनले सम्झौतामा हालै हस्ताक्षर गरे। [...]