जेठ १७, काठमाडौँ / दिउँसो धनगढीमा अधिकतम तापक्रम ४४.१ डिग्रीको ‘रेकर्ड ब्रेक’ भएकै केहि समयमा त्यसलाई उछिनेर आजै नेपालगञ्जमा तापक्रम रेकर्ड ब्रेक भएको छ। आज बिहीवार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ [...]