बालेनको घर अगाडि फोहोर फाल्न सहयोग गर्ने कवाडी व्यवसायीलाई अमरेशको प्रतिबद्धता
तातो खबर
२०८१ असार ५
काठमाडौँ / प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौँका कवाडी व्यवसायीलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको घर र महानगरअगाडि लगेर फोहोर फाल्न आह्वान गरेका छन्। यसका लागि आफूले सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य सिंहले प्रतिनिधिसभामा बोल्दै बुधवार उक्त आह्वान गरेका हुन् । [...]