काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। [...]