काठमाडौँ / सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाको सीमाङ्कनसहितको नक्साङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको सीमाङ्कनसहितको नक्साङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको [...]