धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग, बाढीपहिरो पछि नगरप्रमुखको सक्रियता
तातो खबर
२०८१ कार्तिक १२
काभ्रेपलाञ्चोक / असोजको दोस्रो साताको बाढीपहिरोले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ। आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको [...]