तातोखबर, काठमाडौँ / गण्डकी प्रदेश सरकारले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ को मस्यौदा तयार पारेको छ । औषधि निर्माण, अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन, बिक्री वितरण, प्रशोधन, भण्डारण र ओसारपसार वैध बनाउन प्रदेश सरकारले मस्यौदा तयार पारेको हो । [...]