काठमाडौँ / नियमित खोपअन्तर्गत ५ वर्षमुनिका बालबालिकाहरुले लगाउन छुटेकालाई विशेष खोप अभियान संचालन हुने भएको छ। राष्ट्रिय खोप तालिकाअनुसार जन्मिएको १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई आगामी वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप लगाउन लागिएको स्वास्थ्य तथा [...]