सिमलताल बस दुर्घटना : गृह मन्त्रालयद्वारा गठित कार्यदलले काम थाल्यो
तातो खबर
२०८१ श्रावण २
काठमाडौं / चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदलले काम थालेको छ। गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। [...]