काठमाडौं / मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान शुरू गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान गर्न लागेका हुन्। [...]