नेपाल—भारत सिमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने, भारती पनि श्रम स्वीकृतिको अनिवार्य व्यवस्था गर्नुपर्ने
तातो खबर
२०८० आश्विन १८
१८ असोज, काठमाडौ । संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा विज्ञहरूले मुलुकको सुरक्षाका लागि नेपाल—भारत सिमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने सुझाव दिएका छन् । बुधबार बसेको समितिको बैठकमा सीमा सुरक्षा तथा यसको व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफलमा अख्तियारका पूर्वप्रमुख [...]