काठमाडौं / सरकारले देशभरका शैक्षिक संस्थामा आइतबारदेखि तीन दिन बिदा दिएको छ। देशभर वर्षासँगै बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै [...]