काठमाडौं / संघीय संसदअन्तर्गत तीन समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिसँग छलफल हुनेछ। [...]