काठमाडौं / सरकारले हिजो सोमबार २१ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ। उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा लगिँदा उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई सञ्चार तथा [...]