पृथ्वी राजमार्गमा पहिरोले अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा
तातो खबर
२०८१ असार २८
तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक सात घण्टापछि खुलेको छ। मुग्लिन-पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए। ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको [...]