काठमाडौं / सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटल प्राइभेट लिमिटेडसँग विशेष छुटको व्यवस्था गरेको छ। सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यानिङ) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, [...]